उदयपुरमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु,एक गम्भीर घाइते

उदयपुर । उदयपुरगढी गाउँपालिका–०७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने ट्रकका सहचालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार अपराह्न ४ः२० बजेतिर काठमाडौँबाट सुनसरीतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ठक्करबाट रौतामाई गाउँपालिका–०७ निवासी ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाका कारण ट्रक अनियन्त्रित भई पल्टिएको र सोही क्रममा ट्रकका सह-चालक दोलखा जिल्ला कालिन्चोक गाउँपालिका–४ निवासी ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दर्जीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पठाइएको छ।

दुर्घटनापछि ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।