वर्षाका कारण धनकुटाका ग्रामिण तथा शहरी क्षेत्रमा लाग्ने साप्ताहिक र पाक्षिक बजार प्रभावित
धनकुटा, २ भदौ । अविरल वर्षाका कारण धनकुटा जिल्लाका ग्रामिण तथा शहरी क्षेत्रमा लाग्ने साप्ताहिक, पाक्षिक बजारहरू प्रभावित भएको छ ।
ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका ग्रामिण तथा शहरी क्षेत्रका हाट बजार वर्षाको समयले प्रभावित भएका हुन् जसले गर्दा शहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा लाग्ने यस्ता हाट बजारमा व्यापारी तथा क्रेताको उपस्थिति न्यून हुदाँ स्थानिय बजारको कारोबार सुस्ताएको छ ।
धनकुटाको सहिदभूमी गाउँपालिकाको थलथलेमा लाग्ने साप्ताहिक बुधबारे हटियामा वर्षा समय र बर्खा लागे संगै व्यापारी तथा क्रेताको चहल पहल घटेको स्थानिय तथा व्यावसायी नरेन्द्र राईले बताए । वर्षा समय सुरु भए संगै बाहिर बाट व्यापारी नआउँदा तथा ग्रामिण बजारको हटियाका रुपमा रहेको थलथले बजारमा चहल पहल घटेको राई बताउँछन् । त्यस्तै धनकुटा सदमुकाममा लाग्ने बिहिबारे हटियामा समेत अहिले व्यापारी तथा क्रेताको चहलपहल सुस्ताएको छ ।
त्यस्तै जिल्लाका विभिन्न बजारमा गएर घुम्ती व्यापार गर्दै आएका व्यावसायी नन्दन यादव पनि अहिले वर्षा कै कारण ग्रामिण बजार सम्म पूग्नका लागि सडक यातायत र ढुवानी तथा बिक्रिमा समस्या भएकोले जान नसकिएको तथा ग्राहक नहुदाँ बजार क्षेत्रमा लाग्ने हटियाहरुमा समेत कारोबार घटेको बताउँछन् ।
साउन र भदौ व्यापारका लागि पहाडी क्षेत्रमा वर्षा नै बाधक भन्ने गरेको उनको अनुभव छ तर यस बर्ष दशै अगाडी भएकोले भदौ १५ पछि भने बजार चहल पहल हुने यादव बताउँछन् ।


