धनकुटामा वेवारिसे अवस्थामा फेला परेका दुई बालकलाई लगाइयो अभिभावकको जिम्मा
धनकुटा,३ भाद्र । धनकुटामा हराएका बालकहरु फेला पारी अभिभावकलाई जिम्मा लगाइएको छ ।
जिल्लाको चौबिसे गाउँपालिका वडा नं. ५ बस्ने सन्तोष निरौलाको छोरा १० बर्षिया शिशिर निरौला र सोही स्थान बस्ने पदम जोगीको छोरा १२ बर्षिया नर्बु जोगीलाई आज अभिभावकहरुलाई बोलाई आ-आफ्नो जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
फेला पारिएका ती दुई बालक आज अन्दाजी बिहान १० बजेको समयमा धनकुटा नगरपालिका वडा नं.६ पात्ले खोला स्थित सडकमा बेवारिसे हिडी रहेको अवस्थामा फेला पारी जिप्रका धनकुटामा ल्याई सोधपुछ पछि अभिभावकलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


