नेतान्याहुले गरे गाजामा १९२ पत्रकारको हत्या, १८९ प्यालेस्टाइनी मात्रै

काठमाडौं, ११ भदौं । हमास निमिट्यान पार्ने भन्ने अभियानमा लागेको इजरायलले अहिलेसम्म १९२ पत्रकारको हत्या गरेको छ । 

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार बितेका २२ महिना लामो इजरायल–हमास युद्धमा कम्तीमा १९२ पत्रकार मारिएका छन्, जसमध्ये १८९ प्यालेस्टाइनी मात्रै रहेका छन्।

 

इजरायलले सोमबार गाजाको एक अस्पतालमा हवाई आक्रमण गरेको थियो, सो आक्रमणमा ५ पत्रकारसहित २० जनाको मृत्यु भएको थियो । सो अस्पतालमा लगातार दुई हमला भएको थियो, जसमा पत्रकारहरूले आक्रमणको कभरेज गरिरहेका देख्दा देख्दै इजरायलले सो हमला गरेको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतले सो घटनाको आलोचना गरे पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनालाई दुःखद दुर्घटना भन्दै माफी मागेका छन् ।

 

नेतान्याहुले इजरायलले पत्रकार, चिकित्साकर्मी र सबै नागरिकको कामको कदर गरेको र सेनाले घटनाको अनुसन्धान गरिरहेको जिकिर गरेका छन् ।

 

साथै, इजरायली सेनाले पनि आफ्नो गल्ती स्वीकार गरेको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एफी डेफ्रिनले भने, ‘हामीलाई यो घटनाबारे जानकारी छ। आइडीएफले जानाजानी नागरिकहरूलाई लक्षित गर्दैन।’ 

 

इजरायलले दावी गरे पनि अहिलेसम्म संयुक्त राष्ट्रसंघका अनुसार गाजामा इजरायली हमलामा चिकित्सा पेशासँग सम्बन्धित १ हजार ५ सयभन्दा बढी व्यक्तिको हत्या गरिएको छ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖