ओली र पुटिनबीच भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज औपचारिक भेटवार्ता भएको छ।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिनमा रहेका प्रधानमन्त्रीको आज राति भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई देशबीचको सम्बन्ध, व्यापार–लगानी र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।


