धरानमा सिलाम साक्मा र च्याब्रुङकाे स्तम्भ अनावरण

विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान झल्काउने उद्देश्यले निर्माण भएको सिलाम साक्मा र के(च्याब्रुङ) काे स्तम्भ धरानमा अनावरण  भएको छ ।

याक्थुङ लिम्बु जातिको प्रतिनिधिमूलक सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु)काे ३७ ओैँ स्थापना दिवसको अवसरमा वडा नम्बर १९ समितिले निर्माण गरेको स्तम्भ अनावरण भएको हाे ।

हरियाली सामुदायिक वन उपभोक्ता धरान उपमहानगर वडा नम्बर १९ का अध्यक्ष पूर्ण ताप्मादेन लिम्बुले एक कार्यक्रमबीच अनावरण गरे । प्रमुख अतिथिका रूपमा समारोहलाई सम्बाेधन गर्दै उनले याक्थुङ समुदायको साँस्कृतिक सम्पदालाई उजागर गर्न चुम्लुङ वडा समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले आफू पनि चुम्लुङ सुनसरीको संस्थापक सदस्य भएको बताउँदै याक्थुङ समुदायभित्र भाषा, लिपि, धर्मबारे चलिरहेको बहसलाई प्राज्ञिक ढंगले टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखे ।

हरियाली सामुदायिक वनकाे परिसरमा करिब पाँच लाख रूपैयाँकाे स्तम्भ धरान-१९ ले निर्माण गरेको दाेस्राे प्रतिमा हाे । यसअघि कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) काे अवसरमा गत वर्षको माघ एक गते बालक चाेकमा अनावरण भएको थियोे ।

फलामको सिलाम साक्मामा बाँधिएको फाइबरकाे च्याब्रुङ राखिएको छ । सिलामसाक्माको चारकुनाको व्यास ४/४ फिटको रहेको छ । च्याब्रुङको गोलाई १६ इन्च र लम्बाई २८ इञ्चको रहेको सचिव वसन्ती थेबेले जनाइन् ।

सिलाम साक्मा र के:(च्याब्रुङ) समुदायको साँस्कृतिक पहिचान भएकोले स्तम्भ बनाइएको कियाचु वडा १९ अध्यक्ष प्रेमकुमार इधिङ्गाेले जनाए । वडा १९ याक्थुङ समुदायको बाहुल्य भएको इलाका भएकोले स्तम्भ निर्माण अर्थपूर्ण भएको सल्लाहकार हितराम तिल्लिङले प्रतिक्रिया दिए । उनका अनुसार के(च्याब्रुङ) समुदायको सबैभन्दा महत्त्वपूर्ण साँस्कृतिक बाजा हाे । त्यस्तै, सिलाम साक्मा विशेषत: पेगिफाङहाङ (येबा, साम्बा, फेदाङ्मा)ले तङ्सिङ् अनुष्ठान गर्दा प्रयोग गर्छन् । यद्यपि, याे दुई दशकयता साँस्कृतिक चिन्ह र ब्याज रूपमा प्रयोग गरिँदै आएकाे पनि छ । घर निर्माण गरेपछि धुरीमा राख्नेदेखि सवारी साधन हुँदै ढाकाकाे कपडा, टाेपीमा समेत बुट्टाका रूपमा प्रयोग गरिने लहर व्यापक छ । सिलाम साक्मालाई मृत्युकाे बाटो छेक्ने चिन्हका रूपमा पनि लिइन्छ । सिलाम साक्मा र के:(च्याब्रुङ) काे महत्त्वबारे साम्बा मनकुमार लाबुङले बाेलेका थिए ।

चुम्लुङ वडा अध्यक्ष प्रेम इधिङगोको सभापतित्वमा भएको समारोह सचिव बसन्ती थेबेले सञ्चालन गरेकी थिइन् । सोही अवसरमा दाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहमा चुम्लुङ केन्द्रीय समिति, जिल्ला र नगर समितिका पदाधिकारी, वडा प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको सुमन चेम्जोङले बताए ।

कार्यक्रममा कियाचु उपमहासचिव डा. याेगेन्द्र पालुङ्वा, हरियाली सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष झुमादेवी गुरुङ, नेकपा एमाले धरान अध्यक्ष, हर्कजङ्ग एभेङ, चुम्लुङ संस्थापक नगर अध्यक्ष लाल बहादुर लुम्फुङ्वा लगायतले सम्बाेधन गरेका थिए । कार्यक्रममा स्तम्भ निर्माण निर्माण समिति सह-संयाेजक सुमन चेम्जोङले निर्माण कार्य दल र दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।