अख्तियार इटहरी कार्यालयमा एक हजार ७ सय ८३ उजुरी दर्ता
धनकुटा, १८ भदौ । आर्थिक वर्ष २०८१÷०८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा एक हजार ७ सय ८३ उजुरी दर्ता भएका छन् ।
बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवद्र्धन विषय अन्तरक्रिया कार्यक्रममा उतm जानकारी गराइएको हो ।
दर्ता भएका मध्ये सबैभन्दा बढि संघिय मामिला अन्र्तगतका ८१५ वटा उजुरी रहेका छन् त्यस्तै शिक्षा क्षेत्र संग सम्बन्धीत ३६५ रहेका छन् भने भूमिसुधार, वन तथा भौतिक निर्माण क्षेत्रका उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सुचना अधिकारी निरज कुमार देवले बताए ।
अधिकांश मुद्दा योजना तर्जुमाका चरणहरू पालना नगरिएको, अनुचित लाभ लिने गरी योजना तर्जुमा गरिएको , सरोकारवालाको माग अनुसारको योजना छनोट नगरिएको कर्मचारी नियुक्तिमा मिलेमतो, आवश्यक भन्दा बढी कर्मचारी नियुक्ति लगायतको मुद्दा बढी पर्ने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।



