बन्दाकोपीले मूल्य नपाएपछि धनकुटाका किसान मार्कामा
धनकुटा, १९ भदौ । बन्दाकोपीले मूल्य नपाए पछि धनकुटाका किसान मार्कामा परेका छन् ।
बन्दा कोपी बिक्रिको मूख्य सिजनमा बन्दा कोपीले मूल्य नपाउँदा किसान मर्कामा मात्रै होइन लगानी समेत उठाउन नसकिएको किसान बताउँछन् ।
दुःख गरेर लगाएको बन्दाकोपीले लागत समेत उठाउन अवस्था नभएकोले किसान लाई ठस्लो समस्या भएको धनकुटाको छथरजोरपाटी गाउँपालिका २ कि कृषक पुजा कार्किले बताइन् ।
मूख्य सिजनमा समेत बन्दाकोपीको हाल बिक्रि मूल्य ४ रुपैयाँ देखि ११ रुपैयाँ सम्म मात्र रहेको कार्किको भनाई छ । मल, बिषादी, विउँ कामदार लगायतका जोड्दा १ किलो बन्दाकोपी उत्पादनका लागि १२ रुपैयाँ भन्दा बढी लागत लाग्ने अर्किकी कृषक मिङ्गमा शेर्पा बताउँछिन् । बन्दाकोपी नविक्दा किसानले खेती गर्दा लागेको लगानीको रकम समेत तिर्न समस्या भएको हो ।
धनकुटा नगरपालिकाको हिले, त्रिशूले, गुराँसे छथर जोरपाटीको फलैँचा, जोरपाटी, सिधुवा नाम्जाङ तथा महालक्ष्मी नगरपालिको चित्रे, घुमाउने लगायतको स्थानमा बन्दाकोपी धेरै उत्पादन हुने गरेको छ ।


