प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा

दमक । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गएको प्रदर्शनकारीको समूहलाई प्रहरीले रोकेको छ ।

सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवास तर्फ लागेका थिए ।निवास पुग्नबाट प्रहरीले रोकेको हो । झापाको दमक स्थित ओलीको निवासको करिब १ मिटर टाढाबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई प्रधानमन्त्रीको निवास अगाडिबाट हटाएको झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए । दमक नगरपालिका अगाडि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर १ जना घाइते छन् ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।