इटहरीमा गोली लागेर २ जनाको मृत्यु
इटहरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका थिए ।
घाइतेमध्ये २ जनाको मृत्यु भएको हो । मृतकहरुको पहिचान खुल्न सकिरहेको छैन । अन्दाजी २५ र ३० वर्षीय युवा रहेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले २ जनालाई मृत घोषित गरेका हुन् । इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार जारी रहेको छ । घाइते सशस्त्र प्रहरीका सहायक हवल्दार रहेको प्रहरीले जनाएको छ ।
उनको गालामा चोट छ । गोली नै लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । झापाको दमकमा गोली लागेर घाइते भएका १ जनाको पनि बीपीमै उपचार भइरहेको छ ।


