लेटाङ हुँदै धनकुटाको ६ नम्बर बुधबारे जोड्ने साखा सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध
मोरङ । मोरङको लेटाङ नगरपालिका–८ हुँदै धनकुटाको ६ नम्बर बुधबारे जोड्ने साखा सडक वर्षाको कारण गएको पहिरोले पूर्णरूपमा अवरुद्ध भएको छ।
लगातारको वर्षापछि खसेको पहिरोले सडकमा माटो, ढुंगा र रुखहरु ढलेर थुप्रिँदा यातायात पूर्ण रुपमा रोकिएको स्थानीयवासीले बताएका छन्।
सडक अवरुद्ध भएपछि सो क्षेत्र हुँदै आवतजावत गर्ने सवारी साधन दैनिक आवागमनमा समेत कठिनाई भएको छ।


