खोटाङमा २७ वर्षीया रस्मिता परियारको हत्या
खोटाङ । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ ।
सोमबार राति घर नजिकैको बाटोमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए ।
घटनाको बारेमा थप विवरण आउन बांकी छ ।


