पाख्रिबासको यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२७ असोज । धनकुटाको पाख्रिबास नगरपालिकाका केही स्थानमा भोलि(मंगलवार)बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ के.भि. पाख्रिबास फिडर अन्तर्गत पाख्रीबास नगरपालिकाको दियाले,डिकुरे डडुवा,फलाटे ,डाडाखर्क,राम्चे कर्कुसे सम्मको लाइनको वरिपरि रहेका रुख, हांगा,बांस,तथा झाडी कटान (बुश कटिङ) कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रमा बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
बिद्युत बिहानको ९ बजे देखि दिनको ४ बजेसम्म अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।


