सुपर सिक्समा नेपाल र ओमान आमनेसामने
काठमाडौ । आज आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र ओमान आमनेसामने हुँदैछन्।
दुबै टोलीले तीनै खेल जितेर ६–६ अंक जोडेका छन्, तर रनरेटमा ओमान अघि छ। यो खेल विश्वकपमा प्रवेशसँगै शीर्ष स्थानका लागि पनि निर्णायक हुनेछ।
यी दुई टोलीबीच अघिल्ला आठ टीट्वेन्टी खेल भएको छ। जसमा नेपालले ५ खेलमा जित निकालेको छ भने ३ खेल ओमानको पक्षमा गएको छ।
हालको फर्म र प्रदर्शनका आधारमा नेपालले ओमानलाई हराउने प्रबल सम्भावना राख्छ।


