धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ
धनकुटा । धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छम् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका ७ का ३० बर्षिया निर्मल पौडेल रहेका छन् ।
मोटरसाइकलमा जांदै गरेका पौडेललाई शंका लागेर चेकजांच गर्दा एक ग्राम २ सय ४५ मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेपछि पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


