धनकुटामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीमा कार्यक्रम
धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाको आयोजनामा आज आयुर्वेद स्वास्थ्य केन्द्रको परिषरमा कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठले आरोग्यताको आधार योग ध्यान र आयुर्वेद उपचार भन्दै राष्टिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको महत्वको वारेमा प्रकाश पार्दै आयुर्वेद उपचार बिधि तथा पदती ज्यादै पुरानो र विश्वसनीयका साथै प्रभावकारी अनी भरपर्दो समेत भएको वताउनु भयो भने पण्डित माधव दाहाल लगायतका पण्डिदहरुले पुजा पाठ गर्नु भएको थियो ।
सो अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटा व्यवस्थापन संचालन समितिका सदस्य विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास,राष्टिय अभिभावक संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ,धनकुटा जिल्लाका कार्यवहाक अध्यक्ष तुलसी पुरी, योग प्रशिक्षक तेजेन्द्र कार्की, समाजसेवीहरु बिपिन कुमार श्रेष्ठ,बिनोद श्रेष्ठ, शान्त श्रेष्ठ लगायत विभिन्न महानुभावहरु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु लगायतका सहभागीहरुले एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।


