साँगुरीगढी–९ बेस्राङमा स्थानीयको सक्रिय जनश्रमदानद्वारा सडक सञ्चालन

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित आहाले, कटहरे, बेस्राङ र खर्वनी सडक स्थानीयहरूको सक्रिय जनश्रमदान द्वारा सञ्चालनमा आएको छ।

गत असोज १८ र १९ गतेको अविरल वर्षापछि गएको पहिरोले सडकका विभिन्न स्थान अवरुद्ध बनेका थिए। सडक अवरुद्ध भएपछि आवागमन पूर्णरूपमा ठप्प भएको थियो।

सडक पुनः सञ्चालनका लागि बेस्राङ र खर्वनीका स्थानीय बासिन्दाहरूले जनश्रमदानमार्फत सडक सफा गरेर यातायात सञ्चालनमा ल्याएका हुन्।

यसअघि गाउँपालिकाबाट कार्तिक १ गते पठाइएको जेसिबीले सडक अवरुद्ध पूर्ण रूपमा नखोली फर्किएपछि स्थानीयहरू आफै अग्रसर भएर सडक खुलाउन लागी परेका थिए।

स्थानीयको सक्रिय सहभागितामा सडक सञ्चालनमा आएपछि अहिले साना सवारी साधन सहज रूपमा गुड्न थालेका छन्। सडक खुल्नासाथ कृषिजन्य वस्तु बजारसम्म पु-याउन र खाद्यान्न सामग्री ल्याउन सहज भएको स्थानीयवासीहरूले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।