जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमालेको निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।

ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जहाँ भएपनि आफ्नै घर(नेकपा एमाले) फर्किन आह्वान गरेका हुन् ।

उनले लेखेका छन्,’विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।’

ओलीले सबै काँधमा–काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिँदै देशको स्वाधीनता,लोकतन्त्रको रक्षा र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बाल्नुपर्ने बताए ।

उनले अगाडि भनेका छन्,’हामी एउटै परिवार हौँ,हाम्रो लक्ष्य स्पष्ट छ,समृद्ध नेपाल, सुखी नेपाली। म सबैमा आह्वान गर्न चाहन्छु । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा । हाम्रो साझा सपना साकार पार्न ।निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।’

महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको उनले बताए ।

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको भन्दै यस्तो बेला मौन नरही राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्ने अध्यक्ष ओलीले बताए ।

एमाले एउटा राजनीतिक सङ्गठन नभई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖