हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो मान्यता

काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । धरान उपमहानगरपालिकाकाका प्रमुख साम्पाङले यस अघि नै दल दर्ताको लागि निवेदन दिएका थिए ।

साम्पाङले आज (आइतबार) निर्वाचन आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र बुझेका छन् । धरानका मेयर साम्पाङ श्रमदानमार्फत राष्ट्रिय राजनीतिमा चर्चामा छन् । उनले दलको नाम पनि श्रम संस्कृति राखेका छन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनका लागि मिति तोकेको छ । निर्वाचनलक्षित गरी अहिले विभिन्न दलहरु दर्ता प्रक्रियामा रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।