प्रचण्डसँग जनार्दनको बिदाई भेट

काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य जनार्दन शर्माले संयोजक पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

आज विहान प्रचण्ड निवास पुगेर शर्माले भेटका गरको हुन् । हिजो (आइतबार) साँझमात्र विभिन्न ८ दलबीच एकता घोषणा भएको छ ।

सो एकता घोषणालाई मुर्त रुप दिन यही कार्तिक १९ गते काठमाडौंमा बृहत एकता घोषणा हुँदैछ । त्यसअघि माओवादीले भोलि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ ।

बैठकअघि जनार्दन प्रचण्डलाई भेट्न गएका थिए । सो भेटमा शर्माले आफू एकतापछिको पार्टीमा सहभागी नहुने स्पष्ट जवाफ दिएका हुन् ।

उनले आफूले वृहत वामपन्थी एकताको अभियान चलाउने जवाफ दिएको उनीनिकट उच्चस्रोतको दाबी छ । उनी तत्काल माओवादी पूनर्गठनको लागि लागिपर्ने बताईएको छ । त्यसको लागि उनले हिजो साँझदेखि नै आफू पक्षधर नेताहरुसँग छलफल थालेका छन् । आजको प्रचण्डसँगको उनको भेट लगभग बिदाई भेट नै भएको बताईन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖