सोलुखुम्बुको सोताङमा आगलागी

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–४ मा अवस्थित एक गोठमा आगलागी भएको छ । पाखेपा निवासी केमान्य तामाङको छिरिङकोमा अवस्थित गोठमा चित्राको बेरा र त्रिपालले छाएको गोठमा करिब २० गते बिहान ६ बजे गोठभित्र आगो बालेर बाहिर जाँदा आगलागी भएको हो।

आगलागी हुँदा माउ भैंसी र दुई वटा पाडो घाइते भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गोठमा आगो सल्किएपछि आगो स्वयम् करिब ७ ः३० बजे आफै नियन्त्रणमा आएको बताइएको छ।

वडा सदस्य सन्देश तामाङले उक्त घटना बारे कातिक २१ गते बिहान ९ः३० बजे प्रहरी चौकी सोताङमा जानकारी दिएपछि सन्तोष तामाङको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेर विवरण संकलन गरी बुझदाँ आगलागीका कारण गोठभित्र बाधिएको माउ भैंसीको ढाड, खुट्टाको फिला (जङ्घा) र भुँडीको भाग जलेको छ भने दुईवटा पाडामध्ये एकको कान जलेको र अर्को पाडोको बाहिरी छालाको भाग पूर्ण रूपमा जलेको छ।

पाडो गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ। आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । तर गोठ, भित्रका लत्ताकपडा जलेको र पशुहरूमा ठूलो आर्थिक क्षति भएको बताइएको छ।-सोलु एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖