३४ ओैँ राष्ट्रिय कविता महाेत्सवमा इलामका मायालु प्रथम

धरान । विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३४ ओैँ राष्ट्रिय कविता महाेत्सवमा इलामका ऋजन मायालु प्रथम भएका छन् । स्व. विमल गुरुङको ५४ औं जन्म जयन्तीको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा उनले वाचन गरेको कविता ‘छातीभित्र पृथ्वी’ उत्कृष्ट भएको हाे ।

धरान १८ स्थित विमल गुरुङ स्मृति पुस्तकालय हलमा लालीगुराँस नगरपालिकाका मेयर, मुन्धुमविद तथा लेखक अर्जुनबाबु माबुहाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको महाेत्सवमा धरान सुनसरीका विनेश राई ‘मिन्जाेई’काे ‘फर्किन्छु अब देश’ दाेस्राे र बराहक्षेत्रकी दीपा मग्रातिकाे ‘संग्रहालयमा थन्किएको खाप्सियो’ तेस्रो भइन् । राष्ट्रिय कविता महोत्सवका लागि चयन भएका जम्मा १० कविताहरूमध्ये सात कविहरूले पाठ गरेका थिए । उनीहरूले क्रमशः नगद २१ हजार, १९ हजार, १७ हजार रूपैयाँ, प्रमाणपत्र र पदक प्राप्त गरे । विजेताहरूलाई प्रमुख अतिथिले पुरस्कार वितरण गरेका थिए । महाेत्सवकाे निर्णायकहरूमा कविहरू हेमन यात्री, डा. अस्मिता विष्ट र अमित थेवे रहेका थिए ।

त्यस्तै, इलामका आख्यानकार बसन्त बस्नेतको उपन्यास ‘सिम सारा’ लाई कृति पुरस्कार प्रदान गरिएको थियो । नगद दुई लाख रूपैयाँ राशी र अभिनन्दन पत्र पुस्तकालयका अध्यक्ष तथा विमलका पिता पूर्ण बहादुर गुरुङले बस्नेतलाई प्रदान गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि लालीगुराँस नपाका मेयर मुन्धुम्बिद अर्जुनबाबु माबुहाङले दोसल्ला ओढाई सम्मान गरे ।

सो अवसरमा कवि चन्द्र गुरुङद्वारा सम्पादित विमल गुरुङसम्बन्धी संस्मरण पुस्तक ‘कवि विमल गुरुङ’ र “आत्म घोषणा” संयुक्तरुपमा लोकार्पण समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर माबुहाङ, पुरस्कृत व्यक्तित्व वसन्त बस्नेत, कवि तथा वरिष्ठ नाट्यकर्मी गोपाल देवान, वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा, युवाकवि अमित थेबेलगायतले बोलेका थिए । कार्यक्रमकाे सञ्चालन कवि प्रकाश दिप्साली राईले गरेका थिए । स्वागत मन्तव्य सरस्वती गुरुङले गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।