धरानमा रहेको पुनर्स्थापना केन्द्रमा कुटपिटबाट युवकको मृत्यु, ९ जना पक्राउ

सुनसरी । सुनसरीको धरानमा रहेको एक पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले केन्द्रका सञ्चालक सहित ९ जनालाई पक्राउ गरेको छ ।

धरान ११ मंगलबारेस्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका ६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटका कारण मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका राईको गत मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय धरानका अनुसार पुनर्स्थापना केन्द्रको सीसी क्यामेरा फुटेज जाँच गर्दा मृतक राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले हातखुट्टा चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएको थियो ।

घटनापछि प्रहरीले केन्द्रका सञ्चालक धरान ८ का मणिराज राईसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राकेश प्रधान, श्रवण राजधानी, निकेश सुनुवार, सुरेन लिम्बु, हस्तबहादुर विश्वकर्मा, बिरु लिम्बु, सचिन राई र विजय चौधरी छन् ।

उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖