झापामा मोटरसाइकल दुर्घटना हुंदा एक जनाको मृत्यु

झापा । झापाको कनकाई ३ स्थित सुरुङ्गामा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।

गएराति ९ः१० बजे कनकाई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३न. को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५प४२१०न.को मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा ५०६३न.को मोटरसाइकल चालक कनकाई ३ पिङडाँडा सरस्वती टोल निवासी ३३ वर्षीय दिपक सिटौला गम्भीर घाइते भएका थिए ।टाउकोमा चोट लागेर घाइते सिटौलालाई बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भइसकेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुङ्गानाको कमाण्डमा प्रहरी टोली खटिएर दुबै मोटरसाइकल .र ४२१०न.को मोटरसाइकल चालक कनकाई ६बस्ने २३ वर्षीय नितेश बस्नेत र सोही मोटरसाइकलमा पछाडी सवार बाह्रदशी ७ सुन्दर टोल बस्ने २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक ढुङ्गानाले जानकारी दिए ।-कनकाइ खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।