राज्यले युवाको भावना नबुझ्दा आम नागरिकमा बेचैनी बढ्यो : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसंख्याको यस समूहमा बेचैनी देखिएको बताएकी छन्। युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उनको जोड छ।

युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उनले युवाको भावना राज्यले नबुझिदिँदा जनसंख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले सम्बोधन गर्नैपर्ने बताएकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरे।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘युवा शक्तिमा अहिले बेचैनी र विचलनजस्तो देखिएको छ। नत्र भदौ २३ र २४ को घटना किन हुन्थ्यो ररु युवामा यस्तो तागत हुन्छ, राज्यले सही वातावरण बनाउन सके मुलुक बन्छ। नत्र विचलन र विद्रोह जन्मिन्छ।’युवामा सुधार ल्याउने र रचनात्मक मार्गतर्फ डोर्‍याउने कर्तव्य राज्यकै हुने उनको भनाइ थियो।

‘युवालाई सही बाटोमा लगाउन सकिन्छ। खेलकुद, सामाजिक सेवा र रचनात्मक काममा अग्रसर गराउनुपर्छ,’ उनले थपिन्, ‘युवामन्त्री (बब्लु गुप्ता) एकदमै तेजिलो हुनुहुन्छ। समाज सेवामा पनि काम गर्नुभएको छ। युवालाई कसरी परिचालन गर्ने भनेर मन्त्रिपरिषद्मा पनि योजना राम्रो राम्रो ल्याउँदै हुनुहुन्छ।’

हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहको जनसंख्यालाई युवामा परिभाषित गरेको छ। यस समूहमा १ करोड २४ लाख जनसंख्या छ, जुन कुल जनसंख्याको ३० प्रतिशत हो।

‘जनसंख्याको यति ठूलो हिस्सालाई नेतृत्व प्रदान गर्ने, बाटो देखाउने र सुगठित बनाउने काम युवा परिषद् र युवा मन्त्रालयले गर्न सक्छन्। यसमा देशभरिका युवा आएर जोडिन सकून्। यसै कारण हामीले बलियो मन्त्री पठाएका छौँ। यो फाइटिङ एज पनि हो। नेपाली युवा जहाँ पुग्छन्, जुन मञ्चमा उभिन्छन्, त्यहाँ हामी जित्नुपर्छ। यो भावनाका साथ अगाडि बढ्नुपर्छ,’ उनले भनिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।