कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी कार्की एआईजी बढुवामा सिफारिस
विराटनगर । नेपाल प्रहरीका एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजी ईश्वर कार्कीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । उनी हाल कोसी प्रदेश प्रहरी प्रमुख छन् ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



