संखुवासभामा खुकुरी देखाएर भाग्न खोजेपछि गोली हानेर गरियो पक्राउ

खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीमा खुकुरी देखाएर भाग्न खोजेपछि चोरी आरोपित एकजनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

आइतबार दिउँसो खाँदबारी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रबाट खाँदबारी नगरपालिका–६ घर भएका ३१ वर्षीय रुद्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

मैनालीका अनुसार विश्वकर्मा ६ वर्ष जबरजस्ती करणी मुद्दामा कारागार बसेर सजाय भुक्तान गरी निस्केका थिए। कारागारबाट निस्किएपछि ६,७ वटा चोरीको उजुरी परेकाले विशेष सूचनाका आधारमा बसपार्क क्षेत्रबाट पक्राउ गर्न खोज्दा खुकुरी देखाएर भाग्न खोजेपछि दाहिने तिघ्रामा गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी मैनालीले जानकारी दिनुभयो ।

विश्वकर्माको प्रहरीको निगरानीमा जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।-खांदबारी एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।