सुनसरीको इनरुवाबाट ब्राउन सुगर सहित दुई जना पक्राउ
सुनसरी, मंसिर ०८ गते । सुनसरीको इनरुवा नगरपालिका-४ स्थित बसपार्कबाट २०२ ग्राम ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ०७ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संकास्पद अवस्थामा रहेका सप्तरी राजगढ गाउँपालिका-३ का दिलिप कुमार मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका-६ का शिवदत्त मण्डलको साथबाट २०२ ग्राम ब्राउन सुगर बरामद गरेसगै दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।


