दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपमा उपाधिका आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन–३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो ।

लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हाङ्पाङले मेरिङनेद–६ नाल्बूलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा फुङलिङ नगरपालिका–१० फुरुम्बूलाई १–० गोल अन्तरले पराजित गर्दै खाम्लुङ फाइनलमा प्रवेश गरेको थियो ।

जित सँगै हाङपाङले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै खाम्लुङले भने नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र चित्त बुझाउनु परेको सञ्चालन समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो ।

यो सँगै स्थानीय कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको छ । विषेश गरि साङधुङगे मेरिङदेन माङ्गेना यकको पर्यटन प्रर्वद्धन सँगै प्रचार प्रसारका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लङ्वको भनाई छ । मंसिर १३ गतेदेखि सुरु भएको कार्यक्रमको समापन कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।