पाँचथर सदरमुकाम फिदिममा चासोक तङनाम (न्वागी) उधौली पुजाको अवसर चासोक मेला लाग्ने
फिदिम । पाँचथर सदरमुकाम फिदिम स्थित ऐतिहासिक, धार्मिक स्थल सुम्जिरी सुम्हालुङ आम्बेप?जमा अघिका वर्षहरु जस्तै यो वर्षपनी चासोक तङनाम (न्वागी) उधौली पुजाको अवसर चासोक मेला लाग्ने भएको छ ।
सुम्जिरी सुम्म्हालुङ आम्बेप?ज विकास एवम् प्रतिष्ठानको आयोजनामा सुम्हालुङ मन्दिरको प्रचारप्रसार तथा पर्यटन प्रबद्र्धनका लागी आठौं सूम्हालुङ मिनि म्याराथन तथा रमाईलो मेला यही पुष १० गतेदेखि १९ गतेसम्म सूम्हालुङ गढीमा लाग्ने आयोजकले जनाएको छ ।
मन्दिरको प्रबद्र्धन, स्वास्थ्यका लागी राष्ट्र का लागी खेलकुद तथा स्थानीय लोक तथा संस्कृति संरक्षणको उदेश्य लिएर सञ्चालन हुनलागेको मेलामा विभिन्न जात जातिहरुको सांस्कृतिक कार्यक्रम, महिला तथा पुरुषका लागी मिनि म्याराथन, केलाङ साँस्कृतिक समाजको विविध साँस्कृतिक कार्यक्रमहरु, विभिन्न समुहका सांगितिक तथा सांस्कृतिक कार्यक्रम साथै मेला अवधीभर हाउजी खेल, रोटेपिङ, तथा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधी रहने आयोजकले जनाएको छ ।
मेलामा मेलाप्रमीहरुले विभिन्न स्थानीय तथा मौलिक परिकारका खाना तथा नास्ताहरुको अनसभव लिनसक्ने समेत आयोजकले जनाएको छ ।


