विराटनगरमा दुई जना मृत फेला

विराटनगर । मोरङको विराटनगरमा आज (बिहीबार) बिहान छुट्टाछुट्टै स्थानमा दुईजना मानिस मृत अवस्थामा फेला परेका छन्।

विराटनगर–९ चुलाचुली मार्गमा नामथर तत्काल खुल्न नसकेको, करिब ५५–५६ वर्षको मागीखाई गरी हिँड्ने तराईबासी जस्तो देखिने एक महिला मृत अवस्थामा फेला परेकी छन् । बिहान १० बजे महिला मृत फेला परेको सूचना प्राप्त हुनासाथ सिआरभी घोघापुलबाट प्रहरी सहायक निरीक्षक हलुवानीप्रसाद लेखीको टोली खटिएको थियो।

टोलीले घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहलको कमाण्डमा टोली परिचालन गरिएको जनाइएको छ।यस्तै विराटनगर–७ धर्मभक्त मार्ग बस्ने करिब ६० वर्षीय पुरुषोत्तम पन्त आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेका छन् ।

बिहान १०ः५५ बजे पन्त मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ क्षेत्रीय प्रहरी कार्यालय हाट खोलाबाट प्रहरी नायब निरीक्षक मोहन विक्रम कार्कीको कमाण्डमा टोली खटिएको थियो। टोलीले घटना स्थल सुरक्षित बनाएको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहलको कमाण्डमा थप टोली खटाइएको छ।

उक्त स्थान जिल्ला प्रहरी कार्यालय मोरङबाट करिब चार किलोमिटर दक्षिणतर्फ पर्ने बताइएको छ।दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖