बिर्तामोडमा बेवारिसे अवस्थामा करिब ८ लाख बराबरको सामान बरामद
झापा । बिर्तामोड नगरपालिका–५ स्थित सिटी सेन्टरको पछाडि बेवारिसे अवस्थामा फेला परेको करिब ७ लाख ९१ हजार रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ।
आज करिब १० बजे जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो। बरामद सामग्री इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सबै सामान मङ्सिर २८ गते मेची भन्सार कार्यालय काकडभिट्टा पठाउने तयारी भइरहेको छ।
बरामद सबै सामानको अनुमानित मूल्य रु ७,९१,५४० रहेको प्रहरीले जनाएको छ।


