एमालेको ११औँ महाधिवेशनमा आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै,अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ।
भृकुटीमण्डपमा हुने मतदान दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ।
१९ पदाधिकारीका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् भने अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ ।


