अन्तर स्कुल क्रिकेटमा प्रिन्स यादवको सतकमा ग्रिनल्याण्डको फराकिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा ग्रिनल्याण्ड र सत्यनारायण विजयी भएका छन् ।

शुक्रबार भएको खेलमा प्रिन्स यादवको सतकमा ग्रिनल्याण्ड स्कुलले भगवती स्कुललाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो । ग्रिनल्याण्डका प्लेयर अफ म्याच प्रिन्स यादवले ५७ बलमा सर्वाधिक १ सय ३ रनको योगदान दिए । भगवतीका अविरामले सर्वाधक २ विकेट लिए ।

जवाफमा १ सय ८७ रनको विशाल लक्ष पाएको भगवतीले १६ दशमलव ४ बलमा सवै विकेटको क्षतिमा ५९ रनमा सिमित भयो । जस्मा रोहित साहले सर्वाधिक २१ रनको योगदान दिए । ग्रिनल्याण्डका प्रकाश यादव र अनिस राँय सर्वाधिक ३–३ विकेट दिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यू मुन स्कुललाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो । सत्यनारायणका आकाश यादवले अविजित ५६ रन बनाउँदा प्लेयर अफ म्याच मनिस कामतले ५० रनको योगदान दिए । न्यू मुनका सोहेल आलमले सर्वाधक २ विकेट लिए ।

जवाफमा १ सय ७६ रनको विशाल लक्ष पाएको न्यू मुनले १७ दशमलव १ बलमा सवै विकेटको क्षतिमा ७१ रनमा सिमित भयो । जस्मा समिर आलमले सर्वाधिक २२ रनको योगदान दिए । सत्यनारायणका मनिस कामत र अरविन्द यादव सर्वाधिक २–२ विकेट दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖