तरहरा गोल्डकप सुरु, पन्चकन्या फुटबल क्लब विजयी

इटहरी । दोस्रो संस्करणको तरहरा गोल्डकप २०८२ को भव्य उद्घाटन भएको छ । इटहरी उपमहानगरपालिका वडा नं। २० का अध्यक्ष मणी श्रेष्ठले प्रमुख अतिथिको रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

उद्घाटन खेलमा पन्चकन्या फुटबल क्लब राधुनीले आरआईएफसी काठमाडौलाई रोमाञ्चक पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गरेको छ ।

निर्धारित समय र दुवै हाफमा २–२ को बराबरीमा रोकिएको खेल अन्ततः पेनाल्टीमा गएको थियो । सुरुदेखि नै उच्च प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा पन्चकन्या फुटबल क्लबका अनिष राई धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, आरआईएफसी काठमाडौका सक्षम श्रेष्ठले समानता ल्याउँदै पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा पनि दुवै टोलीले आक्रामक फुटबल प्रस्तुत गरे ।

पन्चकन्याका सलोन जिमीले गोल गर्दै पुनः अग्रता दिलाए तर आरआईएफसीका सक्षम श्रेष्ठले दोहोरो गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याए । अन्तिम समयसम्म कुनै पनि टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुग्यो । पेनाल्टी सुटआउटमा पन्चकन्या फुटबल क्लबका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । पन्चकन्याले ३ गोल गर्न सफल भएको भने आरआईएफसी काठमाडौ भने १ गोल मात्र गर्न सफल भयो ।

प्रतियोगिताको आइतबारको खेलमा बेलका युथ क्लब उदयपुर र पानबारी फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । आयोजकले दिएको जानकारीअनुसार प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तरहराको बहुभाषी खेलमैदानमा आयोजना गरिएको छ । स्थानीय तथा बाहिरका विभिन्न टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले फुटबलप्रेमीहरूलाई उत्कृष्ट खेलको प्रदर्शन गराउने आयोजकले विश्वास व्यक्त गरेको छ । प्रतियोगितालाई योङ्ग ब्वाइज फुटबल क्लब तरहराले आयोजना गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖