सरस्वती र सत्यनारायण स्कुल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

विराटनगर । सरस्वती स्कुल र सत्यनारायण स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको फाइनलमा प्रवेश गरेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको पहिलोे सेमिफाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बलमा सवै विकेट गुमाई ७२ रनको सामान्य योगफल तयार पारेको थियो । अर्किडका अभय कामतले १६ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच प्रशान्त यादवले ४ ओभरमा किपायती बलिङ गर्दै १० रन दिए ७ विकेट लिए ।

जवाफमा ७३ रनको लक्ष पछ्याएको सरस्वतीले १५ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । सरस्वतीका प्रशान्त यादवले अविजित २५ रन जोड्दा दिगाम्बर यादवले २२ रनको योगदान दिए । अर्किडका अभय कामतले २ विकेट लिए ।

दोस्रो सेमिफाइनल खेलमा सत्यनारायण स्कुलले ग्रिनपिस स्कुललाई ३३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेको थियो । सत्यनारायणका मनिस कामतले ३२ रन बनाउँदा सागर यादवले अविजित ३१ रनको योगदान दिए । ग्रिनपिसका महमद समिमले २ विकेट लिँदा मिराज शेखले पनि २ लिए ।

जवाफमा १ सय ४१ रनकोे लक्ष पाएको ग्रिनपिसले पुरै ओभर खैल्दै ८ विकेट गुमाई १ सय ७ रनमा मात्र सिमित भयो । ग्रिनपिसका सिोहेव आलमले ४४ रनको योगदान दिए । सत्यनारायणका प्लेयर अफ म्याच सागर यादवले ४ ओभरमा ३७ रन दिए ५ विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖