रवि-राँके सडक खण्डमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

इलाम । मोटरसाइकल दुर्घटना हुँदा इलाममा एक जनाको मृत्यु भएको छ । रवि-राँके सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परि फाकफोकथुम गाउँपालिका–४ निवासी सुवास सारु मगरको मृत्यु भएको हो । आज साँझ करिब ५ बजे रवि–राँके सडक खण्डअन्तर्गत रवि माथि धोद्रे भन्ने स्थानमा भएको दुर्घटना भएको हो।

सप्तमी बजारबाट रवि तर्फ गइरहेको बा ९९ प ८८०१ नम्बरको क्रसफायर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका चालक मगरलाई उपचारका लागि आधारभूत अस्पताल रवि लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा पछाडी सवार काशीनाथ मगरको अवस्था सामान्य रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रविका इन्स्पेक्टर दुर्गा बहादुर राईले जानकारी दिए।-मिसन इलामबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।