एमालेले टुंग्यायो राष्ट्रिय सभा सदस्यको उम्मेदवार, कुन प्रदेशबाट को परे ?

काठमाडौं, पुस २३ । नेकपा एमालेले राष्ट्रिय सभाका उम्मेदवारहरु टुंगो लगाएको छ । एमालेले ६ जना उम्मेदवार उठाउने निर्णयसहित नाम टुंगो लगाएको हो ।

राष्ट्रिय सभामा एमालेले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई पनि पठाउने निर्णय गरेको छ । महाधिवेशनको केही समय अघि मात्रै नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा समाहित हुनुभएकी झाँक्रीलाई एमालेले राष्ट्रिय सभा पठाउन लागेको हो ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा स्वकीय उपसचिवको जिम्मेवारीमा रहनुभएकी झापाकी रोशनी मेचेलाई पनि राष्ट्रिय सभाको उम्मेदवार बनाइएको छ । यसैगरी एमालेले किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगाल, सम्झना देवकोटा, लीला भण्डारी र मीना रखाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि आज उम्मेदवारी मनोनयन र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो । आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए/नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।

आयोगका अनुसार यही पुस २४ गते उमेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उमेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖