पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार, कात्तिकमा ३४ लाख ४८ हजार ५ सय रुपियाँ र मङ्सिरमा ७५ लाख ४९ हजार १ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको सबैभन्दा बढी मङ्सिरमा भेटी सङ्कलन भएको हो ।

यस्तै, गत आर्थिक वर्षमा ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपियाँ र अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपियाँ भेटी रकम सङ्कलन भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ।

तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा सङ्कलन गरी फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैँकमा जम्मा गर्ने प्रचलन छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरी समितिले व्यवस्थापन गरेको छ।

चालु आवमा झण्डै १ लाख तीर्थयात्री
चालु आर्थिक वर्षको ५ महिनामा झण्डै १ लाख तीर्थयात्री पाथीभरा दर्शनका लागि आएका छन् । समितिका अनुसार मङ्सिरमा १९ हजार १ सय ८१ जना भक्तजन पाथीभरा पुगेका छन् । यस्तै, सबैभन्दा बढी चालु आर्थिक वर्षको कात्तिकमा ४२ हजार २ सय ६१ र सबैभन्दा कम साउनमा २ हजार १ सय ४६ जना भक्तजन मन्दिर पुगेका छन् ।

कात्तिक प्रमुख सिजन भएको बढी दर्शनार्थी आएको र साउनमा बाढी पहिरोको जोखिम भएको कम आएको समितिको भनाइ छ । त्यस्तै, चालु आवको भदौमा ४ हजार ५ सय ३ जना र असोजमा २९ हजार १ सय ७४ जना भक्तजन मन्दिर दर्शनका लागि आएका छन् ।

तीर्थयात्रीको गणना समितिका कर्मचारीमार्फत माथिल्लो फेदीमा दैनिक रुपमा हुनेगरेको छ । गत आर्थिक वर्षमा २ लाख १७ हजार ८ सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा २०८०–८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना तीर्थयात्रीले मन्दिर दर्शन गरेका थिए ।-रेडियो काबेवी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।