मोरङमा सवारी दुर्घटना,दुई जनाको मृत्यु
मोरङ । मोरङको निमुवा क्षेत्रमा माघ ५ गते साँझ अन्दाजी ७:३० बजे भएको सवारी दुर्घटनामा दुहबी जेसीज २०१८ का अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष कञ्चन झा र दुहबी जेसीज २०२४ का अध्यक्ष प्रकाश शाहको दुःखद निधन भएको छ।
कोशीमा पिकनिक सकेर घर फर्किने क्रममा उहाँहरुको निधन भएको हो।
समाजसेवा, नेतृत्व विकास र युवालाई सकारात्मक दिशामा अगाडि बढाउन उल्लेखनीय योगदान पुर्याउनुभएका झा र शाहको निधनले दुहबी जेसीज मात्र होइन, सम्पूर्ण जेसीज परिवार तथा स्थानीय समुदायलाई स्तब्ध र शोकाकुल बनाएको छ।


