नेकपा एमालेद्वारा संगठन मजबुत बनाउने रणनीति तीव्र
काठमाडौ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले संगठन मजबुत बनाउने रणनीति तीव्र पारेको छ।
यसैक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका साढे ६ लाखभन्दा बढी सक्रिय सदस्यलाई आफ्नो हस्ताक्षरसहितको सन्देशपत्र पठाएका छन्।
सन्देशपत्रमार्फत अध्यक्ष ओलीले पार्टीप्रति एकताबद्ध रहन, अनुशासन पालना गर्न र निर्वाचनमा एमालेलाई विजयी गराउन सक्रिय भूमिका खेल्न सदस्यहरूलाई आग्रह गरेका छन्।
पार्टी स्रोतका अनुसार यो अभियानलाई भोट सुरक्षित गर्ने र संगठनलाई थप चलायमान बनाउने उद्देश्यले अघि बढाइएको हो।


