‘एसिएन हाइवे’ निर्माणमा अवाञ्छित गतिविधि

झापा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत काकरभिट्टा–लौकही खण्डमा सञ्चालन भइरहेको सडक विस्तार तथा सुधार कार्य(एसिएन हाइवे निर्माण)का क्रममा अवाञ्छित गतिविधि बढ्दै गएपछि आवश्यक शान्ति सुरक्षा व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

एभ्रास्कोन/कालिका संयुक्त उद्यम (JV) द्वारा एशियाली विकास बैंक (ADB) को ऋण सहयोग तथा नेपाल सरकारको सहकार्यमा सञ्चालन भइरहेको SASEC Highway Enhancement Project (SHEP) अन्तर्गत प्याकेज–१ (CH: 0+000 – CH: 45+000) मा सडक विस्तार तथा सुधार कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।

आयोजनाका क्रममा निर्माण सामग्रीको ढुवानी, भारी मेसिनरी उपकरणको सञ्चालन तथा कार्यस्थलमा मजदुर र प्राविधिकहरूको आवतजावत बढिरहेको अवस्थामा केही स्थानमा बाह्य व्यक्तिहरूको अवाञ्छित गतिविधिका कारण काममा अवरोध सिर्जना भएको आयोजनाले जनाएको छ ।

त्यस्ता गतिविधिका कारण निर्माण सामग्रीमा क्षति पुग्ने, कामदारको व्यक्तिगत सुरक्षामा जोखिम बढ्ने तथा समग्र निर्माण कार्य प्रभावित हुने अवस्था देखिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।