प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक पाँचथरले हात पारेको छ । मङ्गलबार भएको फाइनल खेलमा साथीभाइ सामाजिक युवा क्लब फुङलिङलाई ४–२ गोल अन्तरले पराजित गर्दै पाँचथरले उपाधि हात पारेको हो ।

उपाधि सँगै पाँचथरले नगद तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोस्रो हुन सफल साथीभाइले नगद एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कप अनतरगतको फाइनल खेलमा म्यान अफ दि म्याच पाँचथरका सुशील लावती हुनुभयो । उहाँलाई नगद दुई हजार रुपियाँले पुरस्कृत गरिएको छ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी साथीभाइका जमिन लक्सम हुनुभएको छ ।
उहाँलाई नगद आठ हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट गोल किपर पाँचथरका रोचक लावती, उत्कृष्ट डिफेन्डर साथीभाइका धर्मेन्द्र मगर र सर्वाधिक गोलकर्ता पाँचथरका लोकेन्द्र थापा हुनुभएको छ । उहाँहरूलाई जनही नगद चार/चार हजार रुपियाँ प्रदान गरिएको खेल संयोजक विश्व नाल्बोले बताउनुभयो ।

सोमबार भएको सेमिफाइनल खेलमा साथीभाइले लालिमा युवा क्लब ढुङ्गोसाँघुलाई ३–० गोल अन्तर र कुम्मायक कुसायकले प्रगतिशील युवा क्लब आयोजक रातोलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो ।

गत माघ ९ गते बसन्त पञ्चमीको दिनदेखि सुरु भएको गोल्डकप मङ्गलबार सम्पन्न भएको हो ।-रेडियो काबेली

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।