महाराष्ट्रको बारामतीमा उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनाग्रस्त, पवार सहित सबैको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा निजी चार्टर्ड विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा उनको ज्यान गएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार पवारका सहयोगीले उनको मृत्युको पुष्टि गरेका छन् । दुर्घटनाको समयमा विमानमा पाँच जना यात्रु सवार थिए ।

नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) का नेता अजित पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार थिए । दुर्घटनामा पवारसहित सबैको मृत्यु भएको जनाइएको छ ।

पवारका निकट सहयोगी किरण गुजरका अनुसार उपमुख्यमन्त्रीसहित छ जनाको शव अस्पताल ल्याइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार ६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचनअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।