गोरखाको डाँडागाउँमा कार दु’र्घटना
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ कोइलीपानी नजिकै डाँडागाउँमा आज केहीबेर अघि कार दु’र्घटनामा परेको छ।
H (अस्पतालका चिकित्सक रहेको जनाउने) कार डाँडागाउँको भिरबाट तल खस्न लागे पनि रूखले गर्दा रोकिएको छ। ब्रेक फेल भएर कार दु’र्घटनामा परेको अनुमान छ।
दु’र्घटनास्थलमा स्थानीय बासिन्दा भेला भएका छन्। दु’र्घटनामा परेको कारको अगाडिको भाग कुच्चिएको छ। यात्रु सकुसल छन्। यो चोरकाटे-भच्चेक सडक खण्डमा पर्छ।

