बालेनलाई थेवेको प्रश्न : लिपुलेक र लिम्पियाधुराबारे तपाईंको स्टेटमेन्ट के हो ?
काठमाडौ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले हालै काठमाडौंमा राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई लिम्पियाधुरा, कालापानी र लिपुलेक जस्ता नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएका संवेदनशील सीमा विवादका विषयमा आफ्नो स्पष्ट तथा आधिकारिक धारणा सार्वजनिक गर्न खुला चुनौती दिएका छन् ।
उनले बालेनलाई ‘हुनेवाला प्रधानमन्त्री’ को संज्ञा दिँदै प्रश्न गरेका थिए— “लिपुलेक र लिम्पियाधुराबारे तपाईंको स्टेटमेन्ट के हो ?” भनेर, साथै नेपालले यी क्षेत्रहरूलाई आफ्नो नक्सामा समावेश गरेको ऐतिहासिक निर्णयलाई स्मरण गर्दै भावी नेतृत्वबाट राष्ट्रिय स्वाधीनताको मुद्दामा स्पष्ट अडान अपेक्षा गरेको बताएका थिए ।

