धनकुटामा आजबाट निर्वाचन प्रहरीको तालिम सुरु
धनकुटा,१७ माघ । धनकुटामा आजबाट निर्वाचन प्रहरीको तालिम सुरु भएको छ ।
जिल्लाको तल्लो टुँडिखेलमा एक कार्यक्रमका बिच धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गरेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारेहमा निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने कामको प्रकृति, तालिम अवधि, पाउने सेवा सुविधा तथा कारबाही सम्बन्धीका विषयमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
निर्वाचन प्रहरीलाई १० दिनको आधारभूत तालिम दिइने र माघ २५ गतेपछि कार्यक्षेत्रमा परिचालन गरिने एसपी थापा क्षेत्रीले बताए ।

