मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चारजना पुरस्कृत

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चारजना स्रष्टालाई पुरस्कृत गरेको छ ।

मुक्तक दिवसको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईसहित चारजनालाई नगदसहित पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले १५ हजार नगद राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार साहित्यकार भट्टराईलाई समर्पण गरेको छ । सीताराम पोखरेलसहित परिवारले स्थापना गरेको सो पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै मनमाया दाहालसहितको परिवारद्वारा स्थापित १५ हजार राशिकै ‘नन्दलाल दाहाल स्मृति पुरस्कार’ साहित्यकार डा. कौशिला रिसाललाई प्रदान गरिएको थियो ।

त्यस्तै छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कारबाट अग्रज साहित्यकार मधु पोखरेल पुरस्कृत भएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, पुरस्कारका संस्थापक तारानाथ पोखरेल, सीता पोखरेललगायतले साहित्यकार पोखरेललाई दोसल्ला ओढाएर नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।

बाबुराम पोखरेल र मनोहरि पोखरेलले स्थापना गरेको ‘माधव–नर्मदादेवी पोखरेल स्मृति पुरस्कार इलामका साहित्यकार शिव अधिकारीलाई प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेसहित आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्कार सरला चापागाईंसहित संस्थापकहरुले पुरस्कार राशि र सम्मानपत्र समर्पण गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले प्रतिष्ठानले मुक्तकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे । प्रतिष्ठानले समय–समयमा साहित्य गोष्ठी, कृति प्रकाशन र स्रष्टाहरुलाई सम्मान कार्यक्रम आयोजना गर्दै आएको महासचिव मदन भण्डारीले जानकारी दिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।