स्कुटी दुर्घटना,एक जनाको मृत्यु
झापा । हिजो माघ १७ गते साँझ करिब ८ बजेर २५ मिनेटको समयमा प्याकुरेल चोकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प ९१९९ नम्बरको १२५ सीसी एनटर्क स्कुटी अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा स्कुटी चालक बिर्तामोड नगरपालिका–७ निवासी अन्दाजी ३५ वर्षीय शुभाष मादेन गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब ८ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनाग्रस्त स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


