झापा, मोरङ र सुनसरीबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ

बिराटनगर, माघ १८ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका-४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र बुद्धशान्ती गाउँपालिका-३का श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।

चेजजाँचकै क्रममा मोरङको लेटाङ-३ की तारा कुमारी लिम्बुलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लेटाङले र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई-८ का इन्द्रराज घिमिरेलाई ३०० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१६ का राम तामाङ र संगे शेर्पालाई २२० ट्याब्लेट प्रतिबन्धित औषधी सहित, धरान-१२ का विनय राई र धरान-१९ का रुविन राईलाई ३७० ट्याव्लेट प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖